१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format o९:१९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोदारी राजमार्ग एक साता बन्द गरिने : भासिएको सडक नबन्दा मालबाहक कन्टेनर लिपिङ क्षेत्रमा रोकिए

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format o९:१९:oo

एक हप्ताअघिको वर्षाले कोदारी राजमार्गस्थित कोप्लाङमा सडक भासियो । सडक डिभिजन कार्यालय चरिकोटको प्रत्यक्ष निगरानीमा भासिएको सडकमुनि भोटेकोसी नदीबाट प्लम ढलानको  काम निरन्तर भइरहेको छ ।यद्यपि, चीनको खासाबाट तातोपानी आएका मालबाहक कन्टेनर एक सातादेखि लिपिङमा रोकिएका छन्। स्याउ र लसुन बोकेका ३० र पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन लिपिङ क्षेत्रमा अलपत्र परेका हुन्। सयभन्दा बढी कन्टेनर खासामा छन् । अर्काे नाका रसुवा केरुङको चिनियाँ क्षेत्रमा आउँदो अक्टोबरमा मात्रै सडक निर्माण सम्पन्न हुने भएकोले सामान आयातको चाप तातोपानी क्षेत्रमा परेको हो ।शिव खिम्ती र टिपिएस जेभिले भासिएको सडक निर्माण गर्ने ठेक्का पाएका छन् । साँघुरो सडक  र वर्षा हुनसाथ बग्ने जमिन ५० मिटर तल भोटेकोसी नदी किनारबाट प्लम ढलान उठाउनुपर्ने भएकोले निर्माण सम्पन्न गर्न अझै समय लाग्छ । 

ठेकेदार कम्पनीको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, तातोपानी भन्सार,भोटेकोसी गाउँपालिका र ट्रान्सपोर्ट कम्पनीहरूको शुक्रबार बसेको बैठकले एक हप्ता सडक बन्द गरेर निर्माण सम्पन्न गर्ने निर्णय गरेका छन्।२८ वैशाखदेखि ३ जेठसम्म कोदारी राजमार्ग तातोपानी क्षेत्र बन्द गर्ने निर्णय भएको हो । भासिएको जोखिमपूर्ण सडकमा  ठूला कन्टेनर पास भइरहने र निर्माण पनि भइरहने अवस्था रहँदा  दुर्घटना हुने भएकोले सडक बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। ‘सामान अलपत्र परेको अवस्था देख्दादेख्दै पनि साँघुरो सडक, निर्माणको अवस्थार वैकल्पिक सडक बनाउन नसकिने भएकोले सडक बन्द गर्नुपरेको हो,’उनले भने। गत साता भासिएको सडक प्रयोग गर्दा विद्युतीय सवारी भोटेकोसी नदीमा खसेको थियो ।स्याउ, लसुन, निर्माण सामग्री बोकेका कन्टेनर र भन्सार जाँचपासका लागि क्युमा रहेका विद्युतीय सवारीसाधनको लाइन  कोप्लाङदेखि मितेरीपुलसम्म यत्रतत्र अलपत्र अवस्थामा छन् । 

पस्र्याैली विरगन्ज १५२ केभीको ट्रान्समिसन लाइनका लागि चीनबाट ल्याइएको पाँच लाख २६ हजार डलर बराबरको सामान १५ दिनदेखि सीमाक्षेत्रमा रोकिएको ट्रान्सपोर्ट प्रतिनिधि कर्म शेर्पाले जानकारी दिए । त्यसैगरी सिनो हाइड्रोका पाँच कन्टेनर निर्माण सामग्री पनि १० दिनदेखि सीमामा रोकिएका छन्। पूर्वजानकारीविना र धरातलीय यथार्थ नहेरी एकाएक अन्तर्राष्ट्रिय राजमार्ग बन्द भएकोमा व्यापारी तथा व्यवसायी असन्तुष्ट बनेका छन्। नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुन सापकोटाले सडकको दूरावस्था र सरकारी निकायको लापरबाहीले व्यापारी व्यवसायी मर्कामा परेको बताए।

 हामीले व्यापारीको निजी रकम खर्चेर वैकल्पिक सडक बनाउँछौँ भन्दा पनि सडक डिभिजनले नमानेको उनको गुनासो छ। यद्यपि, सडक डिभिजन कार्यालय चरिकोटका सूचना अधिकृत इन्जिनियर सुरज महर्जनले वैकल्पिक सडक बनाउने ठाउँ नभएको र भासिएको सडकबाट सवारीसाधन ओहोरदोहोर गर्दा मानवीय तथा भौतिक क्षति हुने देखेर हप्तादिनका लागि बाटो बन्द गर्न लागेको जनाए । कोदारी अध्यागमन, भन्सार र अन्य सरकारी निकायले गर्ने नियमित काम भने रोकिने छैन । कोप्लाङभन्दा तल पास भइसकेका वस्तु र विद्युतीय सवारीसाधनको नियमित जाँचपास भइरहेको तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी दिए ।