१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025
२o८२ बैशाख २७ शनिबार o९:o८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जुम्ला-रारा अल्ट्राम्याराथन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २७ शनिबार o९:o८:oo

जुम्ला-रारा अल्ट्रा म्याराथनको छैटौँ संस्करण सुरु भएको छ। ५१ किलोमिटर दुरीको जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु भएको हो। ५१ किलोमिटरम, १० किलोमिटर र ५ किलोमिटर गरि तीन विद्या तर्फ म्याराथन प्रतियोगिता भएको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताए ।

छैटौ संस्करणको म्याराथनमा देश विदेशका गरि पाँच सय ९१ जना धावक सहभागी छन् । जसमध्ये सबैभन्दा बढी १० किलोमिटर दुरीमा तीन सय ५५ जना धावक सहभागी भएका छन् भने सबैभन्दा लामो दुरी ५१ किलोमिटर तर्फ ७४ जना धावक सहभागी रहेका छन्। त्यसैगरि पाँच किलोमिटरतर्फ एक सय ५५ जना गरि कुल पाँच सय ९१ जना धावक सहभागी रहेको आयोजक संस्था कर्णाली स्पोर्ट क्लबले जानकारी दिएको छ।

खेलकुदका माध्यमबाट जुम्लालाई अन्तर्राष्ट्रिय  जगतमा चिनाउन जुम्ला–रारा अल्ट्राम्यारथन कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ।कर्णालीका हिमाल पहाडलाईलाई साहसिक खेल पर्यटनका रुपमा विकास गर्न र खेलकै माध्यमबाट कर्णालीलाई विश्वसामु चिनाउने जुम्ला–रारा म्याराथनको लक्ष्य रहेको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष शाहीले उल्लेख गरे।

नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल,एतिहासिक जुम्लाको पर्यटन प्रवर्द्धन गर्न म्याराथनले टेवा पुराएको छ। ५१ किमी दुरिका धावक दौडिरहेका छन्। १० किमी र पाँच किमी दुरीको प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने धावकलाई पुरस्कार वितरण केहीबेरमा गरिने समेत आयोजकले जानकारी दिएको छ।