१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४२:oo

एनसेलले नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । कम्पनीले मैलावर, भैरहवास्थित एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यु लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा उक्त सप इन सप सञ्चालनमा ल्याएको हो ।

एक कार्यक्रममाझ बिहीबार एनसेलका चिफ अफ स्टाफ स्टिवन रोड्रिगेजले सपको उद्घाटन गरेका हुन् । सप इन सपबाट ग्राहकले एनसेलका सेवा–सुविधासम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवा एनसेल सेन्टरबाट जसरी नै लिन सक्नेछन् । सिम लिने, रिचार्ज गर्ने, केवाइसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणीकरण गर्ने, ‘सधैँ अन रिन्युअल’जस्ता प्याक र इन्टरनेट सेटिङ मिलाउनेलगायतका विभिन्न सेवा लिन सक्ने कम्पनीले जनाएको छ । 

‘अब ग्राहकले सबै सेवा सप इन सपबाटै लिन सक्नेछन् । यही अवधारणाअनुरूप हामीले देशैभर विभिन्न स्थानमा थप सप इन सप सञ्चालनमा ल्याउने योजना बनाएका छौँ । यसले हाम्रो ग्राहक सेवा अझ विस्तारित बनाउनेछ,’ रोड्रिगेजले भने ।

साथै, रोड्रिगेजले उद्घाटनका अवसरमा सप इन सपमा आई ‘स्पिन एन्ड ह्विल’ खेलेका अगन्तुकलाई विभिन्न उपहार पनि वितरण गरेका थिए । सप इन सपले साप्ताहिक रूपमा आइतबारदेखि शुक्रबारसम्म सेवा प्रदान गर्नेछ । ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टर पनि सञ्चालन गर्दै आएको बताएको छ ।