१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
भ्याटिकन सिटी
२o८२ बैशाख २६ शुक्रबार o८:५९:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

पहिलोपटक अमेरिकी बने पोप

Read Time : < 1 मिनेट
भ्याटिकन सिटी
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार o८:५९:oo

संयुक्त राज्य अमेरिकाका कार्डिनल रोबर्ट फ्रान्सिस प्रिभोस्ट २६७औँ पोप निर्वाचित भएका छन् । इलिनोइस राज्यका सिकागो सहरका ६९ वर्षीय प्रिभोस्ट संयुक्त राज्य अमेरिकाका पहिलो पोप भएका छन् । पोपका रूपमा ‘लियो चौधौँ’ भनेर चिनिने प्रिभोस्टले विश्वका १.४ अर्ब क्याथोलिकको नेतृत्व गर्नेछन् । 

विश्वव्यापी अनुभव भएका प्रिभोस्टले आफ्नो करियरको धेरैजसो समय भने दक्षिण अमेरिकामा मिसनरीको रूपमा बिताए । हालसालै भने उनी बिसप नियुक्ति गर्ने भ्याटिकनको शक्तिशाली कार्यालयको नेतृत्व गरिरहेका थिए । उनले पोप फ्रान्सिसका सुधारलाई अघि बढाउने अपेक्षा गरिएको छ ।

उनले पेरुको ट्रुजिलोमा एक दशक काम गरे । पछि उनलाई पेरुको अर्को सहर चिक्लायोको बिसप नियुक्त गरियो । त्यहाँ उनले सन् २०१४ देखि २०२३ सम्म सेवा गरे । प्रिभोस्टसँग पेरुभियन राहदानी पनि छ र उनी २०१५ देखि पेरुभियन नागरिक हुन् ।

बिसपहरू चयन गर्ने निकायको नेतृत्वमा चुनिएपछि भ्याटिकन न्युजसँगको अन्तर्वार्तामा प्रिभोस्टले आफूलाई अझै पनि मिसनरीका रूपमा हेर्ने बताएका थिए । ‘हरेक इसाईजस्तै मेरो समर्पण मिसनरी हुनु हो, जसले जहाँ सक्छ, त्यहीँ सुसमाचार घोषणा गर्छ ।’