१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format o८:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वाइसिएल खोटाङको अध्यक्षमा भूपेन्द्र किराँती 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o९:oo

योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल खोटाङको अध्यक्षमा भूपेन्द्र किराँती चयन भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ संगठन वाइसिल नेपाल खोटाङको गएराति सम्पन्न प्रथम जिल्ला सम्मेलनले किराँतीलाई सर्वसम्मत जिल्ला अध्यक्षमा चयन गरेको हो । 

समितिको उपाध्यक्षमा चेवन बुढाथोकी, जीवनज्योति राई र मीनाकुमारी घिमिरे, सचिवमा सुजेन राई, सहसचिवमा विजय राई र राजेश प्रधान तथा कोषाध्यक्षमा बुद्धिकुमार राई चयन भएका छन् । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई वाइसिल नेपालका केन्द्रीय सदस्य एवं खोटाङ जिल्ला इन्चार्ज शुभलाल राई ‘आदेश’ले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । 

वाइसिएल नेपाल खोटाङको ५५ सदस्यीय जिल्ला कार्यसमितिमा एकजना महिला सहसचिवको पद भने खाली राखिएको छ । खाली राखिएको पदमा जन्तेढुंगा गाउँपालिकाका वाइसिएल प्रतिनिधिबाट पदपूर्ति गरिने नवनिर्वाचित जिल्ला अध्यक्ष किराँतीले जानकारी दिए।  

वाइसिएल नेपाल खोटाङको नवनिर्वाचित जिल्ला कार्यसमितिका सदस्यहरू जिल्लाका दशवटै स्थानीय तहका प्रतिनिधिहरू समेटेर चयन गरिएको छ । वाइसिएल नेपाल खोटाङको नवनिर्वाचित जिल्ला कार्यसमितिको पहिलो बैठक बिहीबार बिहान दिक्तेल बजारस्थित सहिद दिलकाजी–ठुलकुमार स्मृति भवन दिक्तेलमा बस्ने जिल्ला अध्यक्ष किराँतीले जानकारी दिए । 

दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा आयोजित जिल्ला सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टंक राईले गरेका थिए । उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, वैकल्पिक केन्द्रीय सदस्य एवं वाइसिएल खोटाङका फ्रयाक्सन इन्चार्ज ध्रुव बुढाथोकी ‘धीरेन’, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री, प्रदेश उपाध्यक्ष देवान किराँती ‘पृथ्वी’लगायतका नेताहरूको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले देश बनाउने जिम्मा वाइसिएल नेपालको काँधमा आएको बताए ।

वाइसिएल खोटाङका निवर्तमान अध्यक्ष किसान राई ‘दोबालिछा’को अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल तरुण दल खोटाङका जिल्ला अध्यक्ष काजीमान राई, युवा संघ नेपाल खोटाङका सचिव सविन राई ‘विज्ञान’लगायतले शुभकामना मन्तव्य राखेका थिए । सम्मेलन उद्घाटनअघि माओवादी केन्द्रका नेता तथा वाइसिएलले दिक्तेल बजारमा नारा–जुलुससहित मोटरसाइकल र्‍याली निकालेको थियो ।