१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 21 April, 2025
Invalid date format १९:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पोखरामा थपियो अर्को ब्याडमिन्टन कभर्ड हल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४o:oo

पोखरामा अर्को ब्याडमिन्टन कभर्ड हल थपिएको छ। नेपाल पुनमगर समाज पोखरा महानगरपालिका ३२ नम्बर वडा समितिले कभर्ड हल निर्माण गरेको हो।

पोखरा– ३२ स्थित तल्लो गगनगौँडामा ५२ लाख ७३ हजार १८३ रुपैयाँको लागतमा समाजले कभर्ड हल निर्माण गरेको कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत रहेका समाजका अध्यक्ष तुलबहादुर पुर्जा पुनले जानकारी दिए।

समाजले गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोगसँगै जनसहभागितामा सो कभर्ड हल निर्माण गरेको अध्यक्ष पुनले बताए।

समाजका कोषाध्यक्ष भीमप्रसाद पुनका अनुसार कभर्ड हल निमार्णमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले १५ लाख, पोखरा महानगरपालिकाले २० लाख रुपैयाँ तथा समाजका सदस्यले ६ लाख ४९ हजार ३९४ रुपैयाँबराबरको श्रमदान, समाजका सदस्यबाट १० लाख २३ हजार ७८९ रुपैयाँ नगद सहयोग, पोखरा ३२ कार्यालयको एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।

स्थानीयस्तरमा खेलाडी उत्पादन गर्दै युवालाई खेलकुदमार्फत स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले कभर्ड हल निर्माण गरिएको अध्यक्ष पुनले बताए।