१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ८ सोमबार
  • Monday, 21 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ८ सोमबार १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, शिक्षामन्त्री अनुपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ८ सोमबार १८:२o:oo

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ। भर्खरै सुरु भएको बैठकमा शिक्षामन्त्री विद्या भट्टराई उपस्थित छैनन्। उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाए पनि स्वीकृत भइसकेको छैन।

शिक्षकका मागबारे प्रधानमन्त्रीले फरक मत राख्दै दबाब दिएपछि शिक्षामन्त्रीले राजीनामा दिएको बुझिएको छ। आजको मन्त्रिपरिषद् बैठकमा शिक्षकसँग सहमति खोज्न शिक्षा मन्त्रालयले तयार गरेको सातबुँदे प्रस्ताव पेस गर्ने बताइएको थियो।