१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 21 April, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format २२:४१:oo
Read Time : > 1 मिनेट
समाचार

सशस्त्र प्रहरीले भत्कायो नहर किनारमा बस्दै आएका सुकुम्बासीको घर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:४१:oo

पर्साको धोबिनी गाँउपालिका–२ भिखमपुर–लक्ष्मीपुर गाँउ प्रवेशद्धार अगाडि सार्वजनिक नहर किनारमा बस्दै आएको एक सुकुम्बासी परिवारको घर सीमा सुरक्षा गुल्म भिखपुरका सशस्त्र प्रहरीले भत्काइदिएका छन् ।  

धोबिनी गाँउपालिकाका अध्यक्ष मदन चौहानको खेत अगाडि सुकुम्बासीकाे घर टहरा भएका कारण चौहानकै निर्देशनमा सीमा सुरक्षा गुल्म सशस्त्र प्रहरी भिखमपुर आउट पोष्टले गत शुक्रबार घर भत्काएको हो । एक धुरसमेत जग्गा नभएकाे उक्त परिवार करिब डेढ दशकदेखि उक्त क्षेत्रमा बस्दै आएको थियो । 

गाँउपालिका अध्यक्षको निर्देशनमा घर भत्काएर विभिन्न सामाग्री तोडफोड गरेको पीडित लालमति देवीले बताइन् । उनको एक छोरी छिन् । वृद्ध अवस्थाकी लालमति घर भत्किएपछि बिचल्लीमा परेकी छिन् । उनी फुसको टहरामा चिया र खाजा बेचेर गुजारा गर्दै आएकी थिइन । उनका अनुसार जग्गा र घर नभएपछि तत्कालिन समयमा सशस्त्र प्रहरी भिखमपुर पोष्टकै प्रहरीले नहरमा फुसको घर बनाउन लगाएर चिया, खाजा बेच्नलाई सहयोग गरेका थिए । 

तर, अहिले आएर पालिका अध्यक्षको खेत र बिजुलीको हाईटेन्सन तार भएको भन्दै सशस्त्र प्रहरीले घर भत्काएको पीडित लालमतिले दुखेसो गरिन् । ‘एक धुर जग्गा पनि छैन, नहरमा फुसको टहरो बनाएर बसेको डेढ दशक भएको छ,’ उनले भनिन्, ‘श्रीमान श्रीमतीको उमेर ७० वर्ष उमेर पुगिसकेको छ, फुसको घर भत्काएपछि स्थानीयले विहान बेलुका खाना खुवाउँदै आएका छन्। ’ 

घर भत्काएको तीन दिनसम्ममा पालिका अध्यक्षलाई जानकारी गराउँदा उनले यस बिषयमा चासो नदिएको पीडितको आरोप छ । यस्तै, उनको घर बनाउन स्थानीय सन्तोष पटेलले सामाजिक सञ्जालमा सहयोगको सार्वजनिक अपिल गरेका छन् ।    

बिजुलीको हाईटेन्सन तार तल घर भएपछि हटाईयो : सशस्त्र प्रहरी 
सीमा सुरक्षा गुल्म सशस्त्र प्रहरी भिखमपुर आउट पोष्टका डिएसपी रमेश गुरुङ्गका अनुसार सार्वजनिक ठाँउमा घर भएपछि प्रहरीको सरसफाई कार्यक्रमअन्तर्गत घर हटाइएको बताए ।  उनले पालिकाको दसौतागाँउ देखि नै सार्वजनिक स्थानमा रहेको घर टहरा हटाउँदै सरसफाई कार्यक्रम सञ्चालन भएकाले बताए । 

उनका अनुसार नहरमा फुसको घरमा चिया र मदिरा बिक्री हुँदै आएकाले नजिक रहेको गुल्मलाई समेत डिस्टर्ब भएपछि करिब डेढ महिना अगाडि नै हटाउन भनिएको थियो । यस्तै, नहरको सार्वजनिक ठाँउमा भएको घर माथी बिजुलीको हाईटेन्सन तार भएकाले पनि हटाएको उनले बताए ।