१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 21 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:o३:oo
Read Time : < 1 मिनेट
समाचार

२४ दिनपछि हाजिरी जमानीमा छुटे राप्रपाका महामन्त्री धवलशमशेर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:o३:oo

हिंसात्मक आन्दोलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा २४ दिनपछि छुटेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबार बेलुका उनलाई हाजिरी जमानीमा छाडेको हो । 

स्वास्थ्यका कारण उनलाई हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए । ‘पहिला क्यान्सरको अप्रेसन भएको ठाउँमा उहाँको मासु पलाएको रहेछ,’ उनले भने,‘त्यसको उपचार आवश्यक भएकाले हाजिरी जमानीमा छाडेका हौं ।’ उनको परिवारले जमानीमा छाडिदिनका लागि निवेदन दिएको थियो । स्वास्थ्य रिपोर्टसहितका अनुसार सरकारी वकिल कार्यालयबाट सहमति लिएर प्रहरीले उनलाई छाडेको हो । 

उनको बयान प्रहरीले लिइसकेको छ । हाल छुटेपनि उनीविरुद्ध मुद्दा भने चल्ने छ । मुद्दा दायर हुने समयमा उपस्थित गराउने सर्तमा श्रीमतीको जिम्मा लगिएको छाडिएको प्रहरी स्रोत बताउँछ । 

गत १५ चैतमा राजतन्त्रको पक्षमा तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाउन उकासेको आरोपमा उनी सोही दिन बेलुका पक्राउ परेका थिए। उनीसँगै पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र भने  प्रहरी हिरासतमै छन् । उनीहरुविरुद्ध संगठित अपराध र राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान भइरहेको छ । जसमा सो आन्दोलनका नाइके दुर्गा प्रसाईसहित ८० भन्दा धेरैलाई प्रहरीले पक्राउ गरिसकेको छ ।