१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 21 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछानेद्वारा सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन्। आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले आइतबार निवेदन  दर्ता गराएका हुन्। 

लामिछाने हाल भैरहवा कारागारमा छन्। बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडियामा गएको रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै सहकारी ठगीको मुद्दामा उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन्। जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटीमा छाडेकोमा उच्च अदालतले गत २२ चैतमा उनलाई थुनामा पठाउने आदेश दिएको थियो। सोही दिन राति प्रहरीले उनलाई पक्राउ गरेको हो। 

उच्च अदालतको आदेशविरुद्ध उनले सर्वाेच्चमा निवेदन दिइसकेका छन्। त्यसमा आदेश हुन समय लाग्ने भएपछि उनले बन्दी प्रत्यक्षीकरणको रिट पनि दर्ता गराएका हुन्। सो रिट निवेदनमा सोमबारलाई पेसी तोकिएको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ।