१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ७ आइतबार
  • Sunday, 20 April, 2025
२o८२ बैशाख ७ आइतबार १४:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड भन्छन्- पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन बन्देज छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ७ आइतबार १४:३६:oo

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तर्राष्ट्रिय परम्पराले पनि नरोक्ने बताए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबिच भएको बैठक शान्ति प्रक्रिया टुंग्याउने विषयमा केन्द्रित भएको जानकारी दिए ।

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति तीन राजनीतिक दलबिच कुनै किसिमको विमति नरहेको स्पष्ट गरे ।