१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ७ आइतबार
  • Sunday, 20 April, 2025
रासस क्रामाटोर्स्क
२o८२ बैशाख ७ आइतबार १४:३३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमण जारी : जेलेन्स्की

Read Time : < 1 मिनेट
रासस, क्रामाटोर्स्क
नयाँ पत्रिका
२o८२ बैशाख ७ आइतबार १४:३३:oo

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आश्चर्यजनक, तर छोटो इस्टर युद्धविरामको घोषणा गरे पनि रुसी सेनाले फ्रन्टलाइनमा गोलाबारी र आक्रमणहरू जारी राखेको बताएका छन्।

३० घण्टाको युद्धविराम तीन वर्षको द्वन्द्वमा लडाइँको सबैभन्दा महत्त्वपूर्ण विराम हुनेछ। तर, आदेश लागू भएको केही घण्टापछि किभ र अन्य धेरै युक्रेनी क्षेत्रमा हवाई–आक्रमण साइरन बजेका थिए। जेलेन्स्कीले रुसमाथि आफ्नो आक्रमणहरू कायम राखेको आरोप लगाए।

युक्रेनी सेनाध्यक्ष ओलेक्सान्डर सिरस्कीको बिहान ६ को रिपोर्टलाई उद्धृत गर्दै जेलेन्स्कीले सामाजिक सञ्जालमा भने, ‘विभिन्न फ्रन्टलाइन दिशामा रूसी गोलाबारीका ५९ वटा घटना र रुसी युनिटहरूद्वारा पाँच आक्रमण भइसकेका छन्।’

शनिबार मध्यरातसम्मको ६ घण्टामा ‘रूसी सेनाले गोलाबारी गरेको ३८७ वटा घटना र १९ वटा आक्रमण भएको र रुसीहरूले २९० पटक ड्रोन प्रयोग गरेको उनले बताए। ‘समग्रमा इस्टर बिहानसम्म हामी भन्न सक्छौँ कि रुसी सेनाले युद्धविरामको सामान्य छाप सिर्जना गर्न प्रयास गरिरहेको छ, जबकि केही क्षेत्रमा अझै पनि अघि बढ्ने र युक्रेनलाई क्षति पुर्‍याउने एकल प्रयासहरू जारी राखेको छ,’ जेलेन्स्कीको पोस्टमा भनिएको छ।

इस्टर सप्ताहन्तमा सबै युद्ध रोक्ने पुटिनको आदेश मस्को र किभलाई युद्धविराममा सहमत गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महिनौँको प्रयासपछि आएको हो। शुक्रबार वासिङ्टनले कुनै प्रगति नभए वार्ताबाट फिर्ता हुने धम्कीसमेत दिएको थियो।