
ललितपुरमा भएको दुर्घटनामा दुई वर्षीय बालकको मृत्यु भएको छ।
महालक्ष्मी नगरपालिका– ७ लुभु चाँगाथलीस्थित सडकमा बागमती प्रदेश–०१–००३ क ८७३० नम्बरको ट्यांकरको ठक्करबाट सोही ठाउँ बस्ने राजन संज्यालको छोरा दुई वर्षीय प्रजन संज्यालको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो। । ट्यांकरचालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।