१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format २o:१२:oo
Read Time : > 1 मिनेट
खेलकुद

मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस : दर्सिल र सारालाई दोहोरो उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१२:oo

पोखराका दर्सिल श्रेष्ठ र काठमाडाैंकी सारा पन्तले शनिबार पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजित राष्ट्रिय जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि हात पारेका छन्।

कास्की जिल्ला टेनिस संघको आयोजना एवं कुमारमोहनबहादुर शाहीको प्रायोजनमा सम्पन्न प्रतियोगितामा दर्सिलले १६ वर्षमुनिको ब्वाइज सिंगल र ब्वाइज डबल्सतर्फको उपाधि जित्दा साराले गल्र्स १२ र १४ वर्षमुनिको उपाधि हात पारेकी हुन् । शाहीले आफ्ना नाती र नातिनीको नामबाट चार वर्षदेखि प्रतियोगितालाई प्रायोजन गर्दै आएका छन् । १६ वर्षमुनि गल्र्स सिंगलतर्फ आरुषी तुलाचनले गृष्मा गुरुङलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै उपाधि हात पारिन् ।

खेलमा दर्शिलले सिंगलतर्फ आरव सम्राट हाडालाई ६–१, ६–४ को सोझो सेटमा पराजित गरेका थिए । यसैगरी डबल्सतर्फ दर्शिल र सिर्जन भट्टराईको जोडीले प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीलाई ६–०, ५–७ र १०–४ को सेटमा पराजित गर्दै उपाधि हात पारे । 

साराले १४ वर्षमुनि गल्र्स सिंगलमा आर्य पौडेललाई ६–१, ६–४ को सेटमा पराजित गर्दा १२ वर्षमुनिको फाइनलमा स्वरा थापालाई ६–२ र ६–३ को सेटमा पराजित गर्दै दोहोरो उपाधि हात पारेकी हुन् । १२ वर्षमुनिको ब्वाइज सिंगलमा आरित मल्लले आर्यस राज पौडेललाई ३–६, ७–६ र १०–४ को सेटमा, १४ वर्षमुनि सिंगलतर्फ साङ्गे रोकायाले आरव सम्राट हाडालाई ६–४, ३–६ र १४–१२ को सेटमा पराजित गर्दै उपाधि हात पारे ।

१० वर्षमुनि ब्वाइज सिंगलमा साहान्स बस्नेतले कायन चालिसेलाई ७–६, ४–६ र १०–८ को सेटमा, सोही समूहको गल्र्स सिंगलमा नायरा घलेले ताभिसी रानालाई ६–१, ६–१ को सेटमा, ९ वर्षमुनिको ब्वाइज सिंगलमा कायन चालिसेले जिवास भट्टराईलाई ५–३, ४–० को सेटमा, ८ वर्ष मुनिमा सोनाम घलेले सहर्ष कायस्थलाई १०–१, १०–० को सेटमा, ९ वर्षमुनि गल्र्स सिंगलमा निम्ती कुँवरले साहरा कायस्थलाई ४–०, ४–० को सेटमा पराजित गर्दै उपाधि हात पारेका थिए ।

प्रतियोगिताअन्तर्गत १६ वर्षमुनिको सिंगलतर्फका विजेताले १५ हजार र उप–विजेताले ७ हजार ५ सय, १४ वर्ष सिंगलतर्फ विजेताले १० र उपविजेताले ५ हजार, १२ वर्षमुनिको सिंगलतर्फ विजेताले ८ र उपविजेताले ४ हजार नगदसँगै मेडल र प्रमाणपत्र पुरस्कार पाए । ८, ९ र १० वर्षमुनि ब्वाइज तथा गल्र्स सिंगल्स विजेता तथा उपविजेताले गिफ्ट ह्याम्परसँगै मेडल र प्रमाण–पत्र पुरस्कार पाए ।

विजेता खेलाडीहरूलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमार मोहनबहादुर शाही, उनका नाती भिग्नजित, नातिनी मनुश्रीसँगै प्रतियोगिता संयोजक लोक गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।