१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका वासिङ्टन
Invalid date format १४:३६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
Invalid date format १४:३६:oo

संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ।

इस्लामिक स्टेट आइएसविरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिका विगत केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गर्दै आएको छ।

अमेरिकी रक्षासचिवको निर्देशन अनुसार अब ती सैनिकहरूलाई फिर्ता ल्याउने तथा सुरक्षा संरचना सुदृढ गर्ने प्रक्रिया सुरु गरिएको पेन्टागनका प्रवक्ता श्री सिन पार्नेलले जानकारी दिए। उनका अनुसार यो निर्णयसँगै अमेरिकाको सिरियामा रहेको सैन्य उपस्थिति क्रमशः घटाइनेछ।

यद्यपि, अमेरिकाले आइएसविरुद्धको आक्रमण जारी राख्ने र शान्ति स्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता कायमै रहेको पनि प्रवक्ता पार्नेलले बताए।

आइएसले सन् २०१४ मा आक्रामक गतिविधि सुरु गरेपछि, अमेरिकी नेतृत्वमा स्थानीय सेनाहरूलाई सहयोग पुर्‍याउँदै आतंकवादी समूहविरुद्ध अभियान थालिएको थियो।

यस अभियानका क्रममा अमेरिकी सेनाहरूले प्रत्यक्ष रूपमा लडाईंमा सहभागिता जनाएका थिए भने हजारौँ सैनिक तथा कर्मचारीहरूलाई सहयोगका लागि खटाइएको थियो।

इराकी प्रधानमन्त्रीले सन् २०१७ को डिसेम्बरमा आइएसमाथि विजयको घोषणा थियो भने सिरियामा सन् २०१९ को मार्चमा सिरियन डेमोक्रेटिक फोर्स एसडिएफले आइएसको गढ कब्जा गरेपछि पराजयको घोषणा गरिएको थियो।

तर, पनि अहिले केही ग्रामीण क्षेत्रहरूमा आइएसका लडाकुहरू सक्रिय रहेका कारण, अमेरिकी सेनाले समय–समयमा आवश्यक कारबाही जारी राखिरहेको छ।