१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format o५:४२:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वैशाख ६ देखि १२ गते सम्मको साप्ताहिक राशिफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:४२:oo

ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको वैशाख ६ गते शनिबारदेखि वैशाख १२ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस् 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : यो साता आर्थिक स्थितिमा सुधार आउने देखिन्छ । व्यापार व्यवसायमा संलग्न व्यक्तिले पहिले गरेको लगानीबाट सोचेअनुसार लाभ उठाउन सक्नेछन् । बजारमा पुँजी अड्किएका व्यक्तिले यो साता मिहिनेत गरेमा अप्रत्याशित रूपमा धन आर्जनको  योग बनिरहनेछ । जग्गा र भवनसम्बन्धी विवाद साताको अन्त्यतिर पर्न सक्ने हुँदा विशेष सावधानी अपनाउनु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : कडा परिश्रमबाट धेरै सफलता मिल्ने योग छ । व्यावसायिक लगानीमा साथीभाइ र सहकर्मीबाट पनि सहयोग मिल्नेछ । जल उद्योगमा लगानी गर्दा राम्रो हुन्छ । राजनीतिक तथा सामाजिक कार्यमा संलग्न व्यक्तिले समाजमा मान–प्रतिष्ठा प्राप्त गर्नेछन् । अध्ययनको क्षेत्रमा सफलता प्राप्त हुनेछ । अध्ययनको क्षेत्रमा सफलता प्राप्त हुनेछ । धन खर्च हुने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : साताको प्रारम्भमा भाग्यले पूर्ण रूपमा साथ दिनेछ र तपाईका सबै योजना सजिलै पूरा हुनेछन् । ऋण लिने सोचमा हुनुहुन्छ भने फाइदा हुनेछ । पुराना साथीभाइबाट सहयोग मिल्नेछ । असल साथीहरू पनि बढ्नेछन् । साताको अन्त्यमा श्रीमतीका तर्फबाट सबै प्रकारको सहयोग प्राप्त हुनेछ र योजना सफल हुनेछन् । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : साताको प्रारम्भमा धन र सम्मानमा वृद्धि हुने योग छ । रोकिएका काम सजिलै पूरा हुनेछन् । भाग्यले पूर्ण रूपमा साथ दिनेछ । मातृपक्षबाट माया र सहयोग प्राप्त हुने योग रहेकाले आमाको सल्लाहअनुसार अगाडि बढेमा कार्यसिद्धि हुनेछन् । बिहीबार र शुक्रबार नयाँ कार्यबाट लाभ हुनेछ । उन्नति प्रगति कम हुने दिन छ । धार्मिक कार्यमा रुचि मध्यम देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : स्थान परिवर्तनसँग सम्बन्धित काम सफल हुनेछन् ।  काममा केही जटिलता देखिए पनि तपाईंको हिम्मत  बढ्नेछ । परिवारमा मांगलिक कार्य हुनाले मन प्रसन्न रहनेछ । कार्यालयमा तपाईंका लागि अनुकूल वातावरण बन्नेछ ।तपाईंका सहकर्मीले पनि तपाईंलाई साताभर पूर्ण रूपमा  सहयोग गर्नेछन् । कार्य सफलताको साता रहनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : आर्थिक हिसाबले साता बलियो नै रहेनछ । वैदेशिक यात्राका लागि गर्न खोजिएका कार्य  सजिलै सम्पन्न हुनेछन् । अनावश्यक खर्च हुने सम्भावना रहेकाले साताको उत्तरार्धमा विशेष सावधानी अपनाउनुपर्नेछ ।  व्यापार व्यवसायमा आर्थिक लाभ हुने योग छ ।  राजनीति क्षेत्रमा सफलता मिल्नेछ । नयाँ कार्यमा सामान्य दोष रहने संकेत देखिएको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : सातको सुरुवाती दिनमा आर्थिक मामिलामा विशेष लाभ हुनुका साथै गर्न खोजेका कार्य सजिलै सम्पन्न हुनेछन् । मंगलबार र बुधबार  सहयोगी भावना रहने हुँदा उपचारमा अनावश्यक धन खर्च हुने सम्भावना रहेकाले विशेष सावधानी अपनाउनुपर्नेछ । साताको अन्त्यमा घरमा छिमेकीको सहयोगमा  मांगलिक कार्यमा मन रमाउनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : मन विचलित रहनुका साथै आफैं अन्योलमा परिने ग्रहयोग बनेको छ । व्यापार वृद्धिका लागि गरिएका प्रयास असफल हुनेछन् । बिहीबार र शुक्रबार केही समस्याको सामना गर्नुपर्नेछ । साताको अन्त्यमा शत्रु पक्षलाई जित्न सफल हुनुका साथै कानुनी विवादमा सफलता 
मिल्नेछ । यदि कुनै मुद्दा विचाराधीन छ भने जित्नुहुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : रोकिएका आयोजनाबाट लाभ मिल्नेछ । तपाईंभित्र परोपकार र सहयोगी भावनाको विकास हुनेछ । धार्मिक कार्य रुचिसाथ सम्पन्न हुनेछन् । साताको अन्त्यमा भाग्यको पनि पूर्ण सहयोग मिल्नेछ । वैदेशिक यात्रामा भने केही बाधा उत्पन्न हुन सक्ने हुदा सत्यनारायणको दर्शन तथा पूजा गरेमा लाभ मिल्नेछ । व्यवसायमा उचित लाभ प्राप्त हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : सुरुमा लाभांश बढे पनि प्राप्त रकम तत्काल खर्च गर्नुपर्ने स्थिति आउनेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । फजुल खर्चबिच कामको बोझ पनि बढ्न सक्छ । बुधबारदेखि कीर्तिमानी काम सुरु हुन सक्छ । प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : प्रतिष्ठित काम गरेर अवसर हात पार्ने साता रहेको छ । आय आर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ । तर, आम्दानीका साथै कामको दायित्व पनि बढ्न सक्छ । बुधबारदेखि खर्चको मात्रा बढ्नेछ । बिचमा काम रोकिए पनि दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुन सक्छ । सप्ताहान्तमा आस मारेको काम बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : विशेष जिम्मेवारी अथवा नोकरी प्राप्तिको योग रहेको छ । विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । परिश्रमअनुसार राम्रै फल पाइने साता रहेको छ । खर्च भए पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर छ । लगनशीलताले प्रसिद्धि पनि बढ्नेछ । मिहिनेतले दाम र इनाम दिलाउने योग रहेकाले साप्ताहिक रूपमा दिन सफल रहनेछन् ।