१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १६:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारामा टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२९:oo

बारामा टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका– १६ भुइँपुलनजिकै टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो ३ बजे निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर र पथलैयाबाट निजगढ आउँदै गरेको बा.०१ ०२५ च ५०७६ नम्बरको कार एक–आपसमा ठोक्किएका थिए।

उक्त दुर्घटना हुँदा कारमा सवार सर्लाही बरहथवा नगरपालिका– १५ हजरियन बस्ने ४६ वर्षीय नारायणहरि शर्माको मृत्यु भएको हो। मृत्यु भएका कारचालकको हालसम्म परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुसवाहले जानकारी दिए।

दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको उपचारका लागि निजगढ नगरपालिकास्थित प्रसूति अस्पताल लगिएको थियो, तर चेकजाँच गर्दा दुवैजनाको मृत्यु भइसकेको अस्पताल प्रशासनले जनाएको छ।

दुर्घटनापछि टिपरचालक फरार रहेका छन्। उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।