१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटिजन्स बैंकद्वारा सडकआश्रित मानवलाई १८ दिन भोजनको व्यवस्था, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४o:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औँ वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रित करिब एक हजार नाै सय व्यक्तिलाई भोजनको व्यवस्था गरेको छ।

बैंकले ०८१ चैत २० देखि०८२ वैशाख ६ सम्म सडकआश्रित मानवहरूलाई १८ दिन भोजनको व्यवस्था गरेको हो। बैंकले आफ्नो १८औँ वार्षिक उत्सव यही वैशाख ७ गते मनाउँदै छ।

भोटुस्इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशालालगायतका स्थानमा नदीकिनार, सडकछेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो।

साथै बैंकले वार्षिकोत्सवको अवसरमा चैत २ गतेदेखि वैशाख ५ गतेसम्म सातवटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरहरूको आयोजना गरेको छ। कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको हस्पिटललाइन र जितपुर, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा स्वास्थ्य शिविरहरू आयोजना गरेको थियो। यी स्वास्थ्य शिविरहरूबाट करिब एक हजार सात सयजना बिरामीले लाभ प्राप्त गरेका छन्।