
राष्ट्रिय स्वतन्त्र पार्टीले सात प्रदेश इन्चार्ज तोकेको छ। बिहीबारको केन्द्रीय समितिको बैठकले प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरूलाई अझै धेरै सक्रिय बनाउने उद्देश्यले केन्द्रीय समितिको बैठकको निर्णयबाट प्रदेश इन्चार्ज तोकिएको पार्टीले जनाएको छ।
को–को भए प्रदेश इन्चार्ज ?
१) कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार
२) मधेश प्रदेशको इन्चार्ज मनीष झा
३) बागमती प्रदेशको इन्चार्ज लिमा अधिकारी
४) गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल
५) लुम्बिनी प्रदेशको इन्चार्ज विपिनकुमार आचार्य
६) कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली
७) सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल
महाधिवेशन फागुनमा सर्यो
बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशन २०८२ फागुन ७, ८ र ९ गते चितवनमा गर्ने सर्वसम्मत निर्णय गरेको छ।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ। ७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भइसकेको छ। ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ।