१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
तिवारी यादव वीरगन्ज
२o८२ बैशाख ४ बिहीबार १२:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्राफिक प्रहरीले दुःख दिएको चालकको गुनासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार १२:३९:oo

पछिल्लो समयमा पर्सामा ट्राफिक प्रहरीको मिलेमतोमा भारतीय मालवाहक सवारीसाधनबाट अवैध रूपमा आर्थिक संकलन भइरहेको  आरोप लागेको छ। परवानीपुर ट्राफिक प्रहरी पोस्ट, ड्राइपोर्ट ट्राफिक प्रहरी पोस्ट र गण्डक ट्राफिक प्रहरी पोस्टमा खटिएका ट्राफिक प्रहरीहरूले भारतीय मालवाहक सवारीसाधनबाट आर्थिक संकलन गरेको चालकहरूले आरोप लगाएका छन्। 

आइसिपी र ड्राइपोर्टबाट कानुनी प्रक्रिया पूरा गरी छुटेका भारतीय मालवाहक सवारीसाधनलाई परवानीपुर ट्राफिक पोस्टले क्षमताभन्दा बढी भार बोकेको बहानामा रोक लगाई जरिवाना नगरी रकम असुल्ने गरेको भारतीय चालकहरूले गुनासो छ । भारतीय मालवाहक सवारीसाधनका चालकहरूका अनुसार परवानीपुर र ड्राइपोर्ट ट्राफिक प्रहरी पोस्टका प्रहरीहरूले भारु रकम दुई सयदेखि पाँच सयसम्म असुल्दै आएको भारतीय चालक हरि साहले बताए ।  

उनका अनुसार रकम तिर्न आनाकानी गरेमा विभिन्न कानुनी झमेला र अनावश्यक दुःख दिने  गरिएको छ। परवानीपुर पोस्टमा खटिएका प्रहरी सहायक निरीक्षक बलिराम चौधरी, ड्राइपोर्ट पोस्टमा खटिएका प्रहरी नायब निरीक्षक गोविन्द थापा र गण्डक पोस्टमा खटिएका प्रहरी सहायक निरीक्षक अजय राममाथि आर्थिक संकलनको आरोप छ। 

 भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनले नेपालका औद्योगिक करिडोरमा सामान ढुवानी गर्ने मुख्य माध्यमका रूपमा काम गर्दै आएका छन्। तर, परवानीपुर ट्राफिक प्रहरी पोस्टमा खटिएका इन्चार्जको निर्देशनमा अवैध संकलनको अगुवाइले ट्रकचालक र व्यवसायीहरू असन्तुष्ट भएका छन्। 

 जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज भट्टले अवैध संकलनको भइरहेकोबारे कसैले गुनासो नगरेको  र त्यस्तो देखिए कारबाही गरिने बताउँछन्।