
मकवानपुरमा यात्रुवाहक बस दुर्घटना हँदा १५ जना घाइते भएका छन् । मनहरी गाउँपालिका– ६ स्थित सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका हुन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनाचुरी चौकीबाट करिब पाँच सय मिटर पश्चिमतर्फ बिहीबार बिहान करिब ४:५० बजे इटहरीबाट भैरहवा जाँदै गरेको लु.२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरूको अवस्था मध्यम रहेको उनले बताए । उनका अनुसार बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। बसका चालक बारा जिल्लाको कोल्बी नगरपालिका– ११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।