१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format २o:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

माओवादी जागरण अभियान रुपन्देहीमा

जनताको पीडा र अपेक्षाको प्रत्यक्ष अनुभूति लिनेतर्फ अभियान लक्षित छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:५१:oo

‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’ मा रहेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अभियान टिम बुधवार रुपन्देही आइपुगेको छ।  टोलीलाई रूपन्देही रोहिणीको धकधईमा बाजागाजासहित स्वागत गरिएको छ।

जनतासँग माओवादी तराई मधेश हुलाकी मार्ग जागरण अभियानअन्तर्गत नवलपरासी हुँदै टोली रुपन्देही आइपुगेको हो। धकधईमा अध्यक्ष प्रचण्डले क्रान्तिकारी उत्साहका साथ स्वागत गरेकोमा खुसी व्यक्त गर्दै उपस्थित नेताकार्यकर्तालाई बधाई तथा धन्यवाद दिएका थिए। अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीले बिहीबार रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछ।  

बिहीबार अध्यक्ष प्रचण्डले जनसंवाद, प्रशिक्षण, बुद्धिजीवी, नागरिक समाज र उद्योग व्यापार संघमा आबद्ध व्यक्तिहरूसँँग अन्तर्क्रियापछि अध्यक्ष प्रचण्डले सहिद परिवारसँग भेटघाट गर्नेछन्। यस्तै, मर्चवारको मझगावामा बृहत् आमसभालाई सम्बोधन गर्ने केन्द्रीय अभियान कपिलवस्तु जाने कार्यक्रम छ।

बुधबार दिउँसो माओवादी केन्द्र नवलपरासी पश्चिम (बर्दघाट सुस्ता पश्चिम) जिल्ला  समितिद्वारा आयोजित ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’अन्तर्गत सदरमुकाम परासीमा अन्तर्क्रियामा अध्यक्ष प्रचण्ड सहभागी भएका थिए।  

उक्त कार्यक्रममा उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधिहरू, शिक्षाविद्, सञ्चारकर्मी, नागरिक समाजका अगुवाहरू, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सामाजिक अभियन्ताहरूको  उपस्थिति थियो।

कार्यक्रममा प्रचण्डले नेपालको समग्र विकास प्रक्रिया विशेषतः तराई–मधेश क्षेत्रको चर्चा गरेका थिए। हुलाकी मार्गजस्ता आधारभूत पूर्वाधार योजनाहरूले जनतामा आशा र भरोसा पुनर्स्थापित गरेको चर्चा गर्दै, पार्टीको अभियान उपदेशमूलक नभई जनताको वास्तविक पीडा र अपेक्षाको प्रत्यक्ष अनुभूति लिनेतर्फ लक्षित भएको बताए।

विकासको मोडल स्थानीय आत्मनिर्भर अर्थतन्त्रमा आधारित हुनुपर्नेमा जोड दिँदै, राष्ट्रिय हितलाई केन्द्रमा राखी समावेशी, सन्तुलित र दिगो विकासका बाटाहरूको खोजी गर्नु आजको अपरिहार्यता भएको विचार उनले राखे।