१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
काठमाडाैंमा जारी शिक्षक आन्दोलन । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
Invalid date format १९:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थी भर्ना अभियान अनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o७:oo

शिक्षकको आन्दोलनका कारण विद्यार्थी अभियान अनिश्चित भएको छ। बाँकेको डुडुवा गाउँपालिकाले २–७ वैशाखसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरे पनि शिक्षक आन्दोलनका कारण अनिश्चित भएको शिक्षा शाखा प्रमुख संजय कर्णले बताए। 

शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा रहेकाले भर्ना अभियान अनिश्चित बनेको उनले बताए। ‘गत वर्षजस्तै यस वर्ष पनि समयमै भर्ना अभियान सञ्चालन गर्ने निर्णय भएको थियो, तर शिक्षक आन्दोलनमा रहेकाले अनिश्चित बनेको छ,’ उनले भने।

बाँकेका अन्य पालिकामा पनि विद्यार्थी भर्ना अभियान अनिश्चित भएको छ। नरैनापुर गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्णकुमार चौधरीले पनि शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न नसकेको बताए। उनले भने, ‘विद्यार्थी भर्ना अभियानका लागि मिति तय भए पनि सञ्चालन गर्न सकिएको छैन।’

नेपालगन्ज उपमहानगरले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय नै गर्न नसकेको जनाएको छ। शिक्षकहरू आन्दोलनमा भएकाले भर्ना अभियान चलाउने निर्णय गर्नुको अर्थ नभएको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए। ‘शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलन गर्न काठमाडौं जानुभएको छ। शिक्षक नै नभएको वेला भर्ना अभियान चलाउने निर्णयको कुनै अर्थ रहँदैन,’ उनले भने।

उनले शिक्षकको आन्दोलन नसकिँदासम्म भर्ना अभियान सञ्चालन गर्न नसकिने बताए। निजी विद्यालयले भर्ना लिए पनि सामुदायिक विद्यालयमा भर्ना अभियान ठप्प छ। ‘निजी विद्यालयले विद्यार्थी धमाधम भर्ना गरिरहेका छन्, तर सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनका लागि काठमाडौं गएकाले भर्ना अभियान ठप्प छ,’ थापाले भने।