१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format १८:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकमा करेन्ट सर्ट भई आगलागी हुँदा पाँच घर जलेर नष्ट

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format १८:४६:oo

करेन्ट सर्ट भएर आगलागी हुँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ३, हाब्रामा पाँचवटा घर पूर्ण रूपले जलेका छन्। मानवीय र पशुचौपायाको क्षति नभए पनि दैनिक प्रयोग गर्ने घरायसी वस्तु अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद र गहना जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए।

एक्कासि करेन्ट सर्ट भएर सुरुमा एउटा मात्रै घरमा आगलागी भएको थियो। त्यसपछि क्रमशः अन्य चार घरमा आगो सल्किएको हो। आगलागीबाट पाँचवटै घरका मानिस विस्थापित भएका छन्।

प्रहरीका अनुसार स्थानीय प्रेम श्रेष्ठका दुईवटा घरमा आगलागी हुँदा अन्नपात, खाद्यान्न पिस्ने मेसिन, लत्ताकपडा र सुन जल्दा २६ लाखबराबरको क्षति भएको छ। कुमार श्रेष्ठको घर जल्दा १० लाख, मनकुमारी श्रेष्ठको सात लाख ४० हजार, मिलन श्रेष्ठको घर जल्दा १५ लाखबराबरको क्षति भएको छ। पाँचवटा घर जल्दा झन्डै ६० लाखबराबरको क्षति भएको र २० जना स्थानीय विस्थापित भएकाे सूचना अधिकृत यादवले जानकारी दिए।

दिउँसो ३ बजे घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी सहायक निरीक्षक श्यामप्रसादविनय यादवको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएका थिए।