१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३ बुधबार १७:२२:oo
Read Time : < 1 मिनेट
समाचार

दुई करोडको सुन र चाँदीसहित नौ भारतीय पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार १७:२२:oo

सुनचाँदीको अवैध कारोबार गर्ने नौ भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले एक करोड ७० लाख १० हजार रुपैयाँबराबरको सुन, ३० लाख नौ हजारबराबरको चाँदी तथा आठ लाख २७ हजार नगदसहित उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरू सबै भारतको महाराष्ट्रका छन्। उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। कारबाहीका लागि उनीहरूलाई प्रहरीले राजस्व अनुसन्धान विभाग पठाएको छ।