
चार हजारभन्दा धेरैको इसेवा खाता ह्याक गरी रकम चोरी गर्ने युवक पक्राउ परेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भएका २२ वर्षीय राहुल बुढालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार कालीमाटीबाट पक्राउ गरेको हो।
उनले एसएमएसमार्फत खाता निलम्बन हुन लागेको चेतावनी दिएर भेरिफाईका लागि भन्दै लिंक पठाई खाता ह्याक गरेका हुन्। ह्याकपछि इसेवाको रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको नाममा ट्रान्सफर गरेका हुन्। एसपी अंगुर जिसीका अनुसार उनले यसरी एक करोड दुई लाख रुपैयाँ चोरी गरेका थिए।