१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Friday, 18 April, 2025
तस्बिर : युक्रेनी भूवैज्ञानिक सर्वेक्षण/राेयटर्स
रासस किभ
२o८२ बैशाख ३ बुधबार १५:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘अमेरिका–युक्रेन खनिज सम्झौता वार्ता धेरै छिटो अघि बढ्दै’

Read Time : < 1 मिनेट
रासस, किभ
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार १५:५६:oo

युक्रेनी प्राकृतिक स्रोतहरूमा अमेरिकालाई प्राथमिक पहुँच दिने सम्झौतामा किभ र वासिङ्टनबिच लामो समयदेखि चलिरहेको र जटिल वार्ता द्रुतगतिमा अघि बढिरहेको एक वरिष्ठ अधिकारीले बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिचको टेलिभिजन झडपले सम्झौतालाई अन्योलमा नपारेसम्म युक्रेन र संयुक्त राज्य अमेरिकाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण खनिजहरू निकाल्ने सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएका थिए।

‘वार्ताहरू धेरै छिटो अगाडि बढिरहेका छन्,’ वार्तासँग नजिक रहेका अधिकारीले किभमा एएफपीलाई बताए।  ट्रम्पले उनका पूर्ववर्ती जो बाइडेनले युक्रेनलाई दिएको सहयोगको क्षतिपूर्तिका रूपमा यो सम्झौता चाहेका छन्। सम्झौताले संयुक्त राज्य अमेरिकालाई युक्रेनी खनिज स्रोत र दुर्लभ खनिजहरूको नाफामा रोयल्टी भुक्तानी दिनेछ।

सम्झौताको नयाँ मस्यौदाले अमेरिकी सहयोगलाई युक्रेनको ऋणका रूपमा मान्यता नदिएको देखिएको स्रोतले एएफपीलाई बतायो। त्यो मूल्यांकनले ब्लुमबर्ग न्युजको अघिल्लो रिपोर्टको प्रतिध्वनि गरेको थियो। ब्लुमबर्गले वासिङ्टनले सन् २०२२ को सुरुमा रुसले युक्रेनमा आक्रमण गरेदेखि किभले सहयोग फिर्ता गर्नुपर्ने मागलाई सहज बनाएको रिपोर्ट गरेको थियो।

अर्जेन्टिनामा रहेका अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार ‘यस हप्ता’ चाँडै सम्झौतामा हस्ताक्षर हुन सक्ने बताएका थिए।