१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका कञ्चनपुर
Invalid date format १५:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्र अस्पतालले नर्सिङ कोर्स पढाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १५:३२:oo

कञ्चनपुरको एक निजी अस्पतालले नर्सिङ कोर्स पढाउने तयारी अघि बढाएको छ । भीमदत्त नगरपालिका– ३ महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले नर्सिङ कोर्स पढाउने तयारी अघि बढाएको हो । 

केही वर्षदेखि कञ्चनपुरमा नर्सिङकोे पढाइ बन्द भएपछि यहाँका विद्यार्थी मारमा पर्दै आएका छन । सेती महाकाली नर्सिङ क्याम्पसले नर्सिङ पढाउँदै आए पनि एक सय बेडको अस्पतालकोे मापदण्ड नहुँदा सरकारले उक्त क्याम्पसमा नर्सिङ कटौती गरेको थियो । जिल्लामा नर्सिङ कोर्स पढाउने क्याम्पस नभएपछि नर्सिङ अध्ययन गर्ने विद्यार्थी बाह्य स्थानमा  गएर पठनपाठन गर्नुपर्ने बाध्यता छ । 

विद्यार्थीको आवश्यकता माग मध्यनजर गर्दैै मन्त्र अस्पतालले निकट भविष्यकै सय शय्याको स्तर वृद्धि गर्दै नर्सिङसमेत पढाउने जनाएको छ । मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका निर्देशक डा. गोविन्द रोकायाले निकट भविष्यमै सेती महाकाली नर्सिङ क्याम्पससँगै सहकार्य गरेर नर्सिङ कोर्स पठनपाठन गर्ने बताए ।

 ‘हामीसँग नर्सिङ कोर्स अध्यापनका लागि लाइसेन्स छँदै छ,’ उनले भने, ‘अब अस्पतालको १५ शय्याबाट एक सय स्तरवृद्धि गर्नेलगायतका अन्य प्रक्रिया मात्रै पूरा गर्नुपर्छ, त्यो हामी पूरा गर्ने कार्यमा जुटेका छौँ ।’ तीन वर्षअघि मात्रै स्थापना भएको उक्त अस्पतालले एकेडेमीसहितका एम्बुलेन्स सेवा निकट भविष्यमै सुरु गर्ने भएपछि यहाँका स्वास्थ्य शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई सुविधा पुग्नेछ । 

झन्डै पाँच लाख जनसंख्या भएकोे जिल्लामा गत वर्ष ०८१ मा मात्रै ११ हजार ३०१ विद्यार्थीले एसइई दिएका थिए । एसइईपछि साधारण तथा प्राविधिक धारतर्फ विषय अध्ययनका लागि क्याम्पस रोज्ने विद्यार्थीमध्ये नर्सिङ कोर्स पठाउने शिक्षण संस्था जिल्लामा  नभएपछि  मारमा पर्दै आएका विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

तीन वर्षदेखि स्वास्थ्य सेवा गर्दै आएको मन्त्रले हरेक वर्ष मुख्य शल्यक्रियादेखि सामाजिक कार्यअन्तर्गत गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर, विभिन्न संघसंस्थासँग सम्झौता गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।