Skip This
चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३ बुधबार १३:२९:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार १३:२९:oo

चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘भूठान’को ट्रेलर सार्वजनिक गरेको हो ।

तीन मिनेट लामो ट्रेलरले सामाजिक कथावस्तुमा आधारित रहेर सिनेमा बनेको देखाएको छ । भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा ट्रेलरमा छ ।

वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको प्रयास ट्रेलरमा देख्न सकिन्छ । जिन्दगीले जन्मभूमिमा जरा गाडिसकेपछि पराइ भूमिमा बाध्य भएर बस्नु पर्दाको उकुसमुकुस सिनेमाले भन्ने संकेत गरेको छ।

पराइ भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संकृति नमिल्दा त्यसले पार्ने प्रभाव ‘भूठान’ले भन्ने संकेत ट्रेलरले गरेको छ । परिवारमा धर्म संस्कारलाई लिएर भएको विवादले पर्ने प्रभाव पनि ट्रेलरले देखाएको छ ।

अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।

हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्राअन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् ।

भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ । चलचित्र वैशाख १२ गते रिलिज हुँदै छ ।

बुलबुल चलचित्रबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् ।

कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनि, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्ज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।