Skip This
वीरगन्ज झडपमा संलग्न केही युवा पक्राउपछि पुनः प्रदर्शन सुरु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 16 April, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format २१:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

वीरगन्ज झडपमा संलग्न केही युवा पक्राउपछि पुनः प्रदर्शन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:३२:oo

वीरगन्जमा चार दिनअघि भएको झडपमा संलग्न भएको आरोपमा प्रहरीले केही युवालाई नियन्त्रणमा लिएपछि फेरि प्रदर्शन सुरु भएको छ। गत ३० चैतमा भएको झडपमा संलग्न भएको आरोपमा प्रहरीले केही बेरअघि चारजनालाई पक्राउ गरेपछि विरोधमा प्रदर्शन सुरु भएको हो। 

प्रदर्शनकारीहरूका अनुसार पर्सा प्रहरीले विनाकारण युवालाई पक्राउ गरेको छ। अहिले घण्टाघर, घडिअर्वा चोकसहित विभिन्न ठाउँमा प्रदर्शनकारीहरू टायर बालेर प्रदर्शन गरिरहेका छन्। 

प्रदर्शन सुरु भएपछि सुरक्षाकर्मी परिचालन गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। प्रहरीले झडपमा संलग्न दुवै समुदायका २/२ जनालाई पक्राउ गरेको थियो।
यसअघि प्रशासनले दुई समुदायबिच सद्भाव भड्किन थालेको भन्दै वीरगन्जमा कर्फ्यु लगाएको थियो। वीरगन्जको केही क्षेत्रमा अझै निषेधाज्ञा जारी छ।