१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साढे ५४ लाख कर छल्ने फर्मविरुद्ध राजस्व चुहावट मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३३:oo

साढे ५४ लाख रुपैयाँ कर छली गर्ने एक फर्मविरुद्ध राजस्व चुहावट मुद्दा दायर भएको छ। मंगलबार राजस्व अनुसन्धान कार्यालय बुटवलले सुन्दर हार्डवेयर एन्ड प्लाइउड र त्यसका प्रोपाइटर जोगेन्द्र अग्रहरीविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा राजस्व चुहावटको मुद्दा दायर गरेको हो।

फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगरेको, बिजक नै जारी नगरी मालवस्तु बिक्री गरेको, बिक्री भएको मालवस्तुको अभिलेख बिक्री खातामा प्रविष्टि नगरेको, पेस गरेको मौज्दात विवरणभन्दा अधिक मालवस्तु गोदामबाट फेला परेको, बढी फेला परेको मालवस्तुको खरिद तथा भन्सार पैठारी गरेको कुनै निस्सा प्रमाण नभएको देखिएको आरोपपत्रमा उल्लेख छ।

कारोबार र कर छल्ने उद्देश्यले न्यून बिक्री देखाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित)को दफा ४ (छ) र (झ) बमोजिमको कसुर पुष्टि भएको जारी विज्ञप्तिमा उल्लेख छ। 

राजस्व अनुसन्धान कार्यालयले गत १ भदौमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ८ मा रहेको उक्त फर्मको पसल र गोदामघरमा खानतलासी गरी बिल बिजक, खरिद खाता, बिक्री खातालगायत अन्य कागजातहरू तथा मालवस्तुको भौतिक गणना गरी सोको विवरण लिएर अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानबाट राजस्व चुहावटको कसुर पुष्टि भएपछि कार्यालयले फर्म र प्रोपाइटरविरुद्ध मुद्दा दायर गरेको हो। कुल राजस्व चुहावट गरेको अंक ५४ लाख ४१ हजार रुपैयाँलाई बिगो कायम गरी बिगोको शतप्रतिशत जरिवाना र हदैसम्मको सजायको मागदाबी कार्यालयले गरेको छ।