Skip This
रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युतीय प्रसारण
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २ मंगलबार
  • Thursday, 17 April, 2025
नयाँ पत्रिका रुकुम पश्चिम
२o८२ बैशाख २ मंगलबार १६:४४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युतीय प्रसारण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८२ बैशाख २ मंगलबार १६:४४:oo

जिल्लाको २१ हजार ८५५ घरमा केन्द्रीय विद्युत् प्रसारण जोडिएका छन् । ६ वटा स्थानीय तहमध्ये अझै १८ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण पुग्न बाँकी रहेको रुकुम पश्चिम विद्युत् वितरण केन्द्र प्रमुख वीरमान रासकोटीले जानकारी दिए ।

प्राधिकरणले केही महिनाअघि जिल्लाका ७३ वडाको लगत संकलन गरेको थियो । चालू आर्थिक वर्षसम्म जिल्लाभरबाट दुई हजार पाँच सय घर थपिने प्राधिकरणको अनुमान छ ।

हालसम्म सानीभेरी गाउँपालिका– ५ र ७ तथा आठबिसकोट नगरपालिका– ३ मा केन्द्रीय विद्युत् प्रसारणलाइन पुग्न सकेको छैन । केन्द्रीय प्रसारणलाइन नपुगेका ती घरहरूमा स्थानीयस्तरमा उत्पादित जलविद्युत् आयोजनाको विद्युत् प्रयोग गरिरहेका छन् । जिल्लाका सबै नागरिकलाई दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारणको पहुँचमा ल्याउने लक्ष्य रहेको वितरण केन्द्र प्रमुख रासकोटीले बताए ।

जिल्लामा सञ्चालन भइरहेको पुनः विद्युतीकरण परियोजना तथा भम्पू चौर सब स्टेसनको काम सम्पन्न भएपछि जिल्लामा केन्द्रीय प्रसारणलाइनमा नसमेटिएका घरपरिवारलाई समेटिने उनले जानकारी दिए । जिल्लाभर केन्द्रीय प्रसारणलाइन विस्तार गर्न करिब रु. १६ करोड बजेट आवश्यक पर्ने वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ ।