Skip This
त्रिवि पनिकाको अनलाइन सिस्टम पुनः सञ्चालनमा, १५ जेठबाट सबैखाले कागजातको अनलाइनबाटै फारम भर्ना सकिने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २ मंगलबार
  • Thursday, 17 April, 2025
२o८२ बैशाख २ मंगलबार १६:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिवि पनिकाको अनलाइन सिस्टम पुनः सञ्चालनमा, १५ जेठबाट सबैखाले कागजातको अनलाइनबाटै फारम भर्ना सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २ मंगलबार १६:३९:oo

त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेको छ। विद्यार्थीले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै अब अनलाइनबाट नै आवेदन दिन सकिने व्यवस्था ल्याइएको हो।

यो नियम मंगलबारदेखि लागू भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले अनलाइनबाट फारम भरे ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट पाउन सकिने भन्दै सूचना जारी गरेको हो।

‘त्रिविद्वारा प्रदान गरिने सेवाहरूका लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न गत वर्षदेखि नै अनलाइन सेवा सञ्चालन गरिएकोमा प्राविधिक कारणले गर्दा निरन्तरता दिन नसकेको अवस्था सबैसामु छर्लंग छ, ०८२ वैशाख २ गते ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने जानकारी गराउँदछु,’ परीक्षा नियन्त्रक पुष्पराज जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘०८२ साल जेठ १५ गतेदेखि त्रिवि पनिका बल्खुबाट दिइने सम्पूर्ण सेवाहरू अनलाइनबाट सञ्चालन गरिनेछ।’ 

विद्यार्थीले फारमसँगै तोकिएको शुल्क तोकिएको बैंकमार्फत तिरेर त्यसको रसिद पनि फारमसँगै अनलाइन सिस्टममा अपलोड गर्नुपर्नेछ।