१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४३:oo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिलेको अर्थतन्त्रमा बिचौलियाको कारण समस्या आएको बताएका हुन्।  

‘प्राइभेट सेक्टर र बिचौलिया फरक कुरा हुन्, हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन,’ उनले आफ्नो अनुभवबारे भने ।

राष्ट्र बैंकको गभर्नरको नियुक्तिको प्रसंग जोड्दै उनले भने, ‘अबको गभर्नर को हो ? भनेर खोज्दा अहिले बिचौलियाको मान्छे भनेर खुला रूपमा बहस र छलफल हुने अवस्था छ ।’

‘पहिला–पहिला राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि, गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि ? भन्ने कुरा हुन्थ्यो । अब अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुलमखुला बहस हुने, छलफल हुने अवस्था बन्ला कि भनेको हामी कहाँनेर पुग्यौँ ?’ थापाले प्रश्न गरेका छन् ।