
२०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई नेपाल शिक्षक महासंघले निर्देशन दिएको छ ।
महासंघले शीघ्रातिशीघ्र शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि आन्दोलनमा आउन शिक्षकहरूलाई अनिवार्य गरेको छ । महासंघले आन्दोलनलाई सहयोग तथा समर्थन गरिदिन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति गाउँ–नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्षसमक्ष अनुरोध गरेको छ ।
शिक्षकहरूले नै सहभागिता नजनाउने भएपछि ११ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा अन्योल बनेको छ । त्यस्तै, एसइई कापी परीक्षण र नयाँ शैक्षिक सत्रको पठनपाठन पनि अन्योल अवस्थामा छ ।