१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:३४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१९ विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:३४:oo

आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले सोमबार मूलपानीको माथिल्लो मैदानमा ओमानमाथि आठ विकेटको सानदार जित निकालेको हो । पहिलो ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको थियो । नेपालका बलर युवराज खत्रीले १५ रन दिएर पाँच विकेट लिँदा ओमान सस्तै योगफलमा समेटिएको हो । युवराजले सात ओभर गरेका थिए । प्रत्युत्तरमा नेपालले १४.३ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । यसअघि नेपालले पहिलो खेलमा आइतबार युएईलाई ५ रनले हराएको थियो ।

नेपालको जितमा साहिल पटेलले ४४ रन र नीरजकुमार यादवले ४६ रन बनाए । नीरजले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए । उनलाई सौम्य भविनसम्पतले आउट गरेका हुन् ।कप्तान नरेन भट्ट नटआउट १२ रन र सन्तोष यादवले नटआउट १० रनको योगदान दिए । ओमानका लागि ब्रजेश साहले ५२ रन जोडे । उनले ७८ बल खेलेर ६ चौका प्रहार गरे ।

सिद्धार्थ सौम्य सरकारले १६ रन 
जोड्दा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । ओमानविरुद्ध युवराजले कसिलो बलिङ गरेका थिए । उनले आफ्नो स्पेलमा दुई मेडन र ३१ डटबल फ्याँकेका थिए । नेपालका सन्तोष यादवले २ विकेट लिए । दयानन्द मण्डल, अप्राजित पौडेल र अशोक धामीले समान १ विकेट हात पारे । प्रतियोगितामा नेपाल, अफगानिस्तान र युएईले सीधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन् ।

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो । नेपालले अहिलेसम्म आठपटक आइसिसी यू–१९ विश्वकप खेलिसकेको छ । माथिल्लो मूलपानीमा चलिरहेको प्रतियोगिताको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू–१९ विश्वकपको स्थान पक्का गर्नेछ ।