Skip This
नयाँ वर्षको पहिलो दिनमै जाजरकोटमा भूकम्प
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १ सोमबार
  • Tuesday, 15 April, 2025
२o८२ बैशाख १ सोमबार २२:१८:oo
Read Time : < 1 मिनेट
समाचार

नयाँ वर्षको पहिलो दिनमै जाजरकोटमा भूकम्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १ सोमबार २२:१८:oo

जाजरकोटको पैंकआसपास केन्द्र भएर आज राति साढे ९ बजेतिर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ३१ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

जिल्लाको पैंकआसपास क्षेत्र केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको छ।

भूकम्पले जिल्लामा के कति क्षति पुर्‍यायो भन्नेबारे यकिन विवरण आइसकेको छैन। जिल्ला प्रहरी जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले प्रहरी युनिटहरूमार्फत आवश्यक विवरण बुझ्ने काम भइरहेको बताए। 

यसअघि गत २२ चैतमा पनि जाजरकोटको पैंक नै केन्द्रविन्दु भएर भूकम्प गएको थियो। २२ चैत राति ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो।