Skip This
सामुदायिक भवनका लागि भत्काइयो दलितको घर, परिवारको बिचल्ली
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका राजविराज
Invalid date format २१:२१:oo
Read Time : < 1 मिनेट
समाचार

सामुदायिक भवनका लागि भत्काइयो दलितको घर, परिवारको बिचल्ली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
Invalid date format २१:२१:oo

सामुदायिक भवन बनाउन भन्दै जनप्रतिनिधिको निर्देशनमा सप्तरीमा मुसहर परिवारको घर भत्काइएको छ। सप्तरीको राजगढ गाउँपालिका–४ का वडाध्यक्ष अशोककुमार साहले २६ चैतमा जबर्जस्ती स्थानीय रञ्जनकुमारी सदाको घर डोजर लगाएर भत्काएका हुन्।

बाबुबाजेकै पालादेखि जमुवा टोलस्थित सार्वजनिक पोखरीको डिलमा बसोबास गर्दै आएको रञ्जनाको परिवार घर भत्काइएपछि बिचल्लीमा परेको छ। वडाध्यक्ष साहले जबर्जस्ती डोजर लगाएर घर भत्काएपछि आफूहरू बेघर भएको रञ्जनाको गुनासो छ। ‘मेरो पति र ससुरा २२ चैतमा कामका लागि भारतको पन्जाब जानुभयो। चार दिनपछि वडाध्यक्षले मान्छे परिचालन गरेर जबर्जस्ती घर भत्काए,’ रञ्जनाकुमारीले भनिन्।

आफ्नो घर वडा कार्यालयले भत्काएपछि रञ्जना चार छोराछोरीसहित छिमेकीको घरमा शरण लिएर बसेकी छन्। घर भत्काएपछि रञ्जनाले २९ चैतमा प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएकी थिइन्। उनले दिएको निवेदनका आधारमा प्रजिअ भोला दाहालले सम्बन्धित पालिकासँग सवन्मय गरी छानबिनसहित आवश्यक सहजीकरण गर्न सम्बन्धित शाखामा निर्देशन दिएका थिए। तर, हालसम्म समस्या समाधान हुन सकेको छैन। वडाध्यक्ष साहले भने सामुदायिक भवन निर्माणका लागि सबैको सहमतिमा रञ्जनाकुमारीको घर भत्काएको दाबी गरेका छन्।