Skip This
कृष्णपुर नगरले सामुदायिक विद्यालयमा छाेराछाेरी नपढाउने जनप्रतिनिधि, कर्मचारी र शिक्षककाे सेवा सुविधा राेक्ने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १ सोमबार
  • Tuesday, 15 April, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ बैशाख १ सोमबार २o:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

कृष्णपुर नगरले सामुदायिक विद्यालयमा छाेराछाेरी नपढाउने जनप्रतिनिधि, कर्मचारी र शिक्षककाे सेवा सुविधा राेक्ने

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ बैशाख १ सोमबार २o:५o:oo

कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालय सुधारका लागि विभिन्न कार्यक्रमसहित अभियान चलाउने तयारी गरेको छ। नगरपालिकाले शैक्षिक सत्र ०८२ देखि जनप्रतिनिधि, शिक्षक-कर्मचारी र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्नेलगायतको निर्णयसहित अभियान चलाउन लागेको हो। 

३१ चैत आइतबार सम्पन्न ३८औँ कार्यपालिकाले यसअघि २८ पुस ०८१ मा सम्पन्न १६औँ नगरसभाले शैक्षिक सत्र ०८२ देखि जनप्रतिनिधि शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अनिवार्य रूपमा आफ्ना सन्तान एकाघरका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णय कार्यान्वयनमा कडाइ गरेको जनाएको छ।

जनप्रतिनिधि, शिक्षक, कर्मचारीले आफ्नो र एकाघरका बालबालिका सामुदायिक विद्यालयमा भर्ना नगरे सेवा सुविधा कटौतीदेखि अन्य प्रक्रियामा सहभागी नगराउने निर्णय गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितका पदाधिकारी, पिटिए अध्यक्ष तथा पदाधिकारीहरूले समेत आफ्ना सन्तान अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना नगरे उनीहरूको जिम्मेवारी खोसिनेछ। निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर विष्टले हस्ताक्षर गरेको पत्रमा बालविकासदेखि कक्षा ९ सम्मै भर्ना गराउने जनाएको छ। 
कृष्णपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अनिता ठगुन्नाले हस्ताक्षर गरेको पत्रमा २ वैशाखदेखि सामुदायिक विद्यालयमा भर्ना अभियान सफल पार्नका लागि १ देखि ९ वटै वडाका जनप्रतिनिधिलाई विद्यालयकोे जिम्मेवारीसमेत दिएको छ। 

कृष्णपुुरले सामुदायिक विद्यालय सुधार अभियानमा साथ समर्थन रहेको ऐक्यबद्धता जाहेर गरेका छन्। नगरका विभिन्न ६ विद्यार्थी संघ-संगठनहरूले कृष्णपुुर स्थानीय सरकारले सामुदायिक विद्यालय सुधारको अभियानमा साथ समर्थन रहेको ऐक्यबद्धता जाहेर गरेका हुन्। 

नेविसंघ नगर सभापति राजबहादुर विक, अनेरास्ववियु अध्यक्ष पुष्कर भट्ट, अखिल क्रान्तिकारी नगर अध्यक्ष उमेश चौधरी, समाजवादीनिकट अनेरास्ववियु नेता खगेन्द्र भट्ट, राप्रपानिकट प्रजातान्त्रिक विद्यार्थी संगठन अध्यक्ष रोशन भट्ट र स्वतन्त्र विद्यार्थी समूहका संयोजक शिवशंकर विष्टले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक एवं विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना अभियानमा ऐक्यबद्धता रहेको जनाएका छन्। 
विद्यार्थी संघ संगठनहरूले नगरपालिकाले अघि सारेको सार्वजनिक विद्यालय सुधार अभियानमा आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोगको अपिल गरेका छन्। 

कृष्णपुर नगरका मेयर हेमराज ओझाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका  लागि नगरपालिकाले उक्त योजना अघि सारेको बताए। मेयर ओझाले २ वैशाख ०८२ देखि सञ्चालन गरिने भर्ना अभियानमा सरोकारवालासँग अग्रसर भएर अघि बढ्नसमेत अपिल गरेका छन्।