Skip This
चट्याङ लागेर संखुवासभामा एकै परिवारका चार घाइते
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 16 April, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format २o:१८:oo
Read Time : < 1 मिनेट
समाचार

चट्याङ लागेर संखुवासभामा एकै परिवारका चार घाइते

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format २o:१८:oo

संखुवासभामा सोमबार साँझ सवा ५ बजेतिर हावाहुरी र वर्षातसँगै आएको चट्याङ लागेर एकै घर परिवारका चारजना घाइते भएका छन्।

खाँदबारी नगरपालिका–९ साठीमोरेमा अचानक हावाहुरी तथा वर्षातसँगै आएको चट्याङले एकै घर परिवारका ३५ वर्षीया कोपिला श्रेष्ठ, उनको छोरा १८ वर्षका गगन श्रेष्ठ, छोरी १३ वर्षकी निरूता श्रेष्ठ र बुहारी १८ वर्षकी वविता मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। उनीहरूलाई प्रहरी र स्थानीयले उपचारको लागि अस्पताल ल्याएका थिए।

घाइतेलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याएको र अहिले उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।