Skip This
माओवादीको तराई मधेश जागरण अभियान गैँडाकोटबाट पुनः सुरु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १ सोमबार
  • Tuesday, 15 April, 2025
२o८२ बैशाख १ सोमबार १९:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

माओवादीको तराई मधेश जागरण अभियान गैँडाकोटबाट पुनः सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १ सोमबार १९:oo:oo

नयाँ वर्षको अवसर पारेर माओवादीको तराई मधेश जागरण अभियान नवलपुरको गैँडाकोटबाट पुनः सुरु भएको छ। अभियानका लागि आइतबार चितवन आइपुगेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गैँडाकोट आइपुगेका छन्। 

उनले गैँडाकोटमा माओवादी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै नयाँ वर्षको अवसर पारेर गैडाकोटबाटै अभियान पुन सुरु गर्न पाउँदा खुसी लागेको बताए। साे क्रममा उनले १५ चैतमा काठमाडाै‌काे तीनकुनेमा भएकाे प्रदर्शनपछि राजावादीहरू आपराधिक तत्वको रुपमा नाङ्गिएको समेत बताए। उनले माओवादीले राजनीतिक हस्तक्षेप नगरेको भए अझ ठूलो राजनीतिक दुर्घटना हुने अवस्था देखिएपछि काठमाडौंमा जनप्रदर्शन गरेको दावी पनि गरे। 

एकै दिन भएको समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शनले राजावादी कस्ता हुन्छन् र गणतन्त्रवादीहरू कस्ता हुन्छन् भनेर पुष्टि गरेको जिकिर गरे। आफूहरूको प्रदर्शनले गणतन्त्रवादीहरू लोकतन्त्रप्रति उत्तरदायी छ भन्ने पुष्टि भएको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले मधेश जागरण अभियानले माओवादीप्रति जनताको भरोशा बढेको पनि बताए। 

सो अवसरमा उनले माओवादी पार्टी मात्रै परिवर्तनशील रहेको बताए । भोलि गैडाकोट, रजहर, कावासोतीलगायतका स्थानमा हुने कार्यक्रममा अध्यक्ष प्रचण्डले सम्बोधन तयारी छ । कावासोतीमा माओवादीले नवलपुर केन्द्रित सभा गर्ने भएको छ । 

पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष ०८२ सालको पहिलो दिन १ वैशाखबाट पुनः शुभारम्भ भएको माओवादीले जनाएको छ । 

सोहीअनुसार पूर्वप्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्वपश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान टिमअन्तर्गत नवलपुरको गैँडाकोट आइपुगेका हुन् । 

अभियान टिमलाई नवलपुरको गैँडाकोटमा स्वागत गरिएको थियो । अध्यक्ष प्रचण्डलगायतका नेताहरू आज र भोलि नवलपुरमै रहने जनाइएको छ ।