Skip This
गोली लागेर बाख्रा गोठालाे गएका व्यक्तिकाे मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 16 April, 2025
डिलाराम भुसाल कपिलवस्तु
Invalid date format २१:३७:oo
Read Time : < 1 मिनेट
समाचार

गोली लागेर बाख्रा गोठालाे गएका व्यक्तिकाे मृत्यु

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format २१:३७:oo

कपिलवस्तुको गब्दहवा जंगलमा गोली लागेर एक स्थानीयको मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका–९, गब्दहवाका २८ वर्षीय समुन्द्र गाहामगरको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिएका छन्। 

घटनामा संलग्न सोही स्थानका रामबहादुर थारू, कालु भन्ने राम थारू र प्रवेश थारूलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ। पीडित परिवारका अनुसार बाख्रा चराउन गएको वेला अज्ञात व्यक्तिले चलाएको गोली लागेको बताए पनि इलाका प्रहरी कार्यालय गोरुसिंगेले अनुसन्धान सुरु गरेको थियो। प्रहरीले अनुसन्धानका क्रममा शनिबार बुद्ध यशोधरा सामुदायिक वनमा सिकार खेल्दा गएका व्यक्तिले चलाएको गोली लागेको पत्ता लगाएको हो। 

पीडितका परिवारले उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा घाइतेको मृत्यु हो। शिकार खेल्दै गर्दा सवारीसाधनको आवाज सुनेपछि सिकार खेल्न गएका चारजना लुक्न खोज्दा रामबहादुर थारूले बोकेको राइफल पड्किएर मगरको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। प्रहरीले उनीहरूबाट दुई नाल बन्दुकसमेत बरामद गरेको छ।