Skip This
न्युरोडबाट हुन्डी कारोबारको नौ लाखसहित युवती पक्राउ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५२:oo
Read Time : < 1 मिनेट
समाचार

न्युरोडबाट हुन्डी कारोबारको नौ लाखसहित युवती पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५२:oo

स्रोत नखुलेको नौ लाख रुपैयाँसहित प्रहरीले काठमाडौंको न्युरोडबाट एक युवतीलाई पक्राउ गरेको छ। 

गोरखाको पालुङटार नगरपालिका–१० घर भएकी १९ वर्षीया करिना देवकोटालाई प्रहरी वृत्त जनसेवाले आइतबार पक्राउ गरेको हो। उनीसँग बरामद रकम हुन्डीको कारोबारबापत भएको प्रहरीले जनाएको छ। उनको साथबाट ६ लाखको चेक पनि बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए।