१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १२:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुर अस्पतालमा प्लास्टिकका झोला प्रतिबन्धित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४२:oo

भरतपुर अस्पतालले वातावरण प्रदूषक प्लास्टिकका झोलामा प्रतिबन्ध लगाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लास्टिकका झोला प्रयोगमा रोक लगाइएको हो। उनले भने, 'फार्मेसीमा औषधि दिँदा र खाजाघरमा कागजको झोलाको प्रयोग गरिएको छ।'

अस्पतालमा बिरामी भेट्न आउँदा कागजका झोला र कपडाका झोला प्रयोग गर्न अस्पतालले बिरामीका आफन्तहरूलाई आग्रह गरेको छ।

अस्पतालले कुनै पनि कार्यक्रममा प्लास्टिकका सामग्रीको प्रयोग नगर्ने उनले बताए। प्लास्टिकका झोलाले वातावरणलाई हानि गर्ने भएकाले प्रयोगमा  रोक लगाइएको हो।