१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३० शनिबार
  • Friday, 18 April, 2025
२o८१ चैत ३० शनिबार १२:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा सुरु भयो ‘रात्रि बजार’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३० शनिबार १२:२७:oo

वीरगन्जमा नेपाली नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालनमा ल्याइएको छ। शुक्रबारदेखि सुरु भएको रात्रि बजार चैत ३१ गतेसम्म वीरगन्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन हुँदै छ।

वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले विगतमा वर्षमा जस्तै यस वर्ष पनि वीरगन्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउनको लागि रात्रि बजार आयोजना गरेको बताए।

'यो बजारले कम्तीमा अबेरसम्म बजार सञ्चालन हुने वातावरण सिर्जना गर्ने अपेक्षा लिएका छौँ,' उनले भने, 'रात्रि बजारमा वीरगन्जवासी तथा सीमावर्ती सहर रक्सौलवासीलाई रात्रि बजारमा सहभागी हुनका लागि अनुरोध गर्दछु।'

यसअघि पनि महानगरले रात्रि बजार सञ्चालन गर्दै आइरहेको छ। रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडालगायत सरसामानका स्टल राखिनेछ। त्यसको साथसाथै स्थानीय कलाकारको बेजोड सांगीतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ।

महानगरले रात्रि बजार सञ्चालनका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरेको जनाएको छ। ग्रिन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाइइएफ, वीरगन्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रि बजार लगाएको हो।