१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद

धोनीले कप्तानी गरेको खेलमा चेन्नइको लज्जास्पद हार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:१४:oo

यो सिजनको इन्डियन प्रिमियर लिग(आइपिएल)मा चेन्नइ सुपर किंग्सले खराब प्रदर्शन जारी राखेको छ। शुक्रबार कोलकत्ता नाइट राइर्डर्सविरुद्धको खेलमा उसले लज्जास्पद हार बेहोरेको छ । 

पहिले ब्याटीङ गरेको चेन्नइले २० ओभरमा १०३ रन मात्र बनाउन सक्यो। कोलकात्ताका बलरसामु चेन्नइका सबै ब्याट्सम्यान निरिह बनेका थिए। 

कोलकात्तले दुई विकेट गुमाएर १०.१ ओभरमै लक्ष्य पूरा गर्याे । ५९ बल बाँकी रहँदै कोलकोत्ता विजयी भएको हो। बलको हिसाबमा आइपिएलको इतिहासमै चेन्नइको यो ठूलो अन्तरको हार हो। 

शुक्रबारको खेलको कप्तानी चेन्नइका लागि महेन्द्रसिंह धोनीले गरेका थिए। नियमित कप्तान रुतुराज गाइक्वार्ड घाइते भएपछि बाँकी खेलको कप्तानी धोनीले गर्ने भएका छन्। 
प्रतियोगिताका ६ खेलमा चेन्नइले पाँच खेल हारिसकेको छ।