१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
सौरभ यादव राजविराज
२o८१ चैत २९ शुक्रबार २३:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

भ्रष्टाचार मुद्दामा फरार पूर्ववडाध्यक्ष पक्राउ 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार २३:o१:oo

भ्रष्टाचार मुद्दामा सर्वाेच्च अदालतबाट समेत दोषी ठहर भएका निवर्तमान वडाध्यक्ष पक्राउ परेका छन्।  सप्तरीको रुपनी गाउँपालिका– १ का निवर्तमान वडाध्यक्ष पीताम्बर यादवलाई सप्तरी प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ भदौ ०७४ मा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा करार सेवामा जागिर खाएको अभियोगमा विशेष अदालतमा मुदा दायर गरेको थियो ।  सो मुद्दामा  ०७४ पुस २१ गते विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, नारायणप्रसाद पोखरेल र रत्नबहादुर बागचन्दको संयुक्त इजलासले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुरमा दोषी ठहर गर्दै ६ महिना कैद र १५ हजार जरिवाना गर्ने फैसला सुनाएको थियो । 

वडाध्यक्ष पदमा निर्वाचित भइसकेपछि दोषी ठहर भएका यादव ०७५ साल पुस ११ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।  सो मुद्दामा  ०८० फागुन २२ गते सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पनि विशेष अदालतकै फैसला सदर गरेका थिए । त्यसपछि यादव लुकिछिपी बस्दै आएका थिए ।

शुक्रबार साँझ रुपनी जाँदै गरेको वेलामा उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । आइतबार अदालतमा पेस गरी फैसला कार्यान्वयनका लागि कारागार पठाइने उनले बताए।