
राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गते तीनकुनेमा भएको घटनामा राज्यले दमन गरेको र आफ्ना नेताहरूलाई विनाकारण थुनामा राखिएको भन्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयसमक्ष ध्यानाकर्षणपत्र बुझाएको छ ।
राप्रपाको प्रतिनिधिमण्डलले शुक्रबार संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयोगको कार्यालय, ललितपुर पुगी एसिया प्यासिफिक क्षेत्रका मानव अधिकार अधिकृत रघु मेननलाई ध्यानाकर्षणपत्र बुझाएको हो।
प्रतिनिधिमण्डलमा राप्रपा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङ, अर्का महामन्त्री शरदराज पाठकलगायत युवा केन्द्रीय नेताहरूको सहभागिता रहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।