१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्काइवेल चलाएर युरोप घुम्ने मौका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३९:oo

अब तपाईं पनि युरोपमा स्काइवेल ड्राइभ गर्न जाने होइन त ? नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काइवेल ड्राइभ गर्ने ग्राहकलाई स्काइवेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ।

स्काइवेल ड्राइभ २०२५ नेपाल टु युरोप क्याम्पेनमा सहभागी भई स्काइवेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यस अफरअन्तर्गत युरोप भ्रमणको अवसर प्राप्त गर्नेछन् । स्काइवेल विई ११ तथा स्काइवेल इटी ५ खरिद गर्दा खरिदकर्ता जोडीलाई नै युरोप भ्रमणमा लगिनेछ।

स्काइवेल युरोपियन बजारमा लोकप्रिय ब्रान्ड हो । युरोपेली सुरक्षा मापदण्डअनुसार बनेको स्काइवेल विई ११ ले सिएनक्याप क्य्रास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङसमेत प्राप्त गर्न सफल भइसकेको छ । त्यसैगरी चीनबाट निर्मित इभीमा इयू सर्टिफिकेसन प्राप्त गर्ने पहिलो प्रडक्ट पनि हो । अत्यन्त आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेका स्काइवेल नेपालमा उपलब्ध पहिलो र एक मात्र रियल इभी एसयुभी हो ।

काठमाडौंबाट नेपालको कुनै पनि गन्तव्यमा सिंगल चार्जमा सजिलै पुग्न सकिने स्काइवेलले दिने ६२० किलोमिटरको रेन्जले स्काइवेललाई युरोपेली सडकमा समेत लोकप्रिय बनाउन सफल भएको हो । हाइअर स्पिड र लक्जरी दुवै अपरिहार्य मानिने युरोपमा नेपालमा आउने चाइनिज इभी विरलै पाइन्छन् । जसमा स्काइवेलले भने बाजी मारेको छ ।

युरोपेली मुलुकहरूमा स्काइवेलले राम्रो सफलता हात पारेको छ । यो दाबी गरिरहँदा यसलाई यथार्थमा पुष्टि गर्ने र ग्राहकलाई आफ्ना सवारीसाधन निर्यात भएकै देशमा लगेर ग्राहकलाई एक्सपिरियन्स गराउने उद्देश्यका साथ स्काइवेलको आयातकर्ता जी मोटर्स प्रा.लि.ले यो विशेष योजना ल्याएको हो ।

स्काइवेल ड्राइभ २०२५ नेपाल टु युरोप योजनाअन्तर्गत स्काइवेलका जुनसुकै एसयुभी खरिदकर्ताले युरोपमै गएर स्काइवेल ड्राइभको मौका प्राप्त गर्नेछन् । त्यति मात्र होइन सन् २०२५ मोडेलको जुनसुकै भेरियन्ट टेस्ट ड्राइभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्नेछन् ।

यसका लागि आफूले स्काइवेल टेस्ट ड्राइभ गर्दाको अनुभव कुनै पनि सोसल मिडियामा सेयर गरी ह्यासट्याग टेस्टड्राइभ स्काइवेल (#TestDriveSkywell ह्यासट्याग स्काइवेल ड्राइभ नेपाल टु युरोप (#DriveSkywellNepalToEurope) लेखे पुग्छ । यसरी टेस्ट ड्राइभमा सहभागी हुने ग्राहकमध्ये दुईजना विजेता (एक महिला टेस्ट ड्राइभ र एक पुरुष टेस्ट ड्राइभ)ले समेत युरोप भ्रमणको अवसर र युरोपमै स्काइवेल ड्राइभको मौका प्राप्त गर्नेछन् ।

स्काइवेलको इटी ५ लङ रेन्ज भेरियन्ट हो जसको बिक्री मूल्य एक करोड १५ लाख रहेको छ भने स्काइवेलको विई ११/ ४१० किलाेमिटर ७९ लाख ९० हजार र विई ११ /५२० किलाेमिटर ८९ लाख ९० हजार पर्न जान्छ । स्काइवेलका यी दुवै मोडल फुलसाइज एसयुभी हुन् । १९० एमएम ग्राउन्ड क्लियरेन्स रहेका अत्याधुनिक सुविधा र फिचरका साथमा आउने यी दुवै एसयुभीमा उपलब्ध लक्जिरीका कारण बिजनेस क्लास एसयुभी पनि भनेर चिनिँदै आएको छ ।

स्काइवेलले भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ भने नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरामा बिक्री कक्षहरू सञ्चालनमा आइसकेका छन् ।