१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
फाइल तस्बिर
रासस काठमाडौं
Invalid date format १५:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँ : अर्थमन्त्री पौडेल

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२१:oo

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्दै कुल गार्हस्थ्य उत्पादनमा योगदान पुर्‍याउन सरोकार भएका सबैलाई आह्वान गरेका छन्।

शुक्रबार आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रममा उनले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुँजी र सीपलाई भरपूर सदुपयोग गर्ने आधारहरू निर्माणमा सरकार प्रयासरत रहेको बताए। वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने व्यवसायीहरूको प्रयासमा सरकारसँगै रहेको अर्थमन्त्री पौडेलको भनाइ छ।

उनले अन्तर्राष्ट्रिय श्रमबजारमा रहेका नेपाली श्रमिकले सम्मानित र सुरक्षित ढंगले काम गर्न सक्ने वातावरण निर्माणको पक्षमा मन्त्रालयको तर्फबाट सधैँ सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युरोपको मागपत्र प्रमाणीकरण र नयाँ रोजगार गन्तव्य विकास गर्न मन्त्रालयले गरिरहेको प्रयासबारे जानकारी दिए। ‘एक महिनाभित्र युरोपको मागपत्र प्रमाणीकरण गर्छौँ। वार्षिक एक सय कामदार पठाउने कम्पनीको मात्र नवीकरण गर्ने प्रावधान हटाउने गरी ऐन संशोधन भइसकेको छ,’ उनले भने।